Sunday, October 13, 2013

Shobha Adhikari: लघुकथा

                                     लघुकथा 
"छोडपत्र"
         
     "तिमी भेट्न न आए,आत्मा हत्या गर्छु|"मोबाइल बाट चर्को स्वर कानमा गुन्जियो|
तिन बर्ष देखि उसले गरेको एकतर्फी प्रेम संझिन पुगें|जन्डिसले थलिएको शरीर धकाल्दै 
अमनको कोठाको ढोकामा उभिन पुगें|बियर र चुरोटको धुँवामा मेरो सपना उडेको देख्दा
झस्किन पुगें|
"मलाई सुधार सानी" खुट्टा समातेर भनेको वाक्यले मेरो मन पग्लियो|
विवाह बन्धनमा बाँधिएपछि अमन सुध्रियो|तर बर्ष दिन नपुग्दै उस्लेपो मलाई नै 
सुधारीदियो|म नै बियरको  ग्लासमा रमाउन थालें|संसार जिते जस्तो लाग्न थाल्यो|
छोरी जन्मिएपछि मेरो सोमरसको नशा छुट्यो|अमनको डोज बढ्न थाल्यो| 
दुधे बालक कोठामा थुनेर मध्य रातमा उसलाई खोजेर ल्याउन थालें|
केहिदिनपछि त उसले पिउने ठाउँनै भेट्न छोडे|खोज्नै परेन|उ संपर्क बिहिन भयो|
अरुले चलाएको हल्लामा आफ्नो छोरीको बाउ खोजें|भेट्टाउन सकिन|एकदिन अकस्मात 
लिखित पेपरसहित उ डेरामा झुल्कियो|
"अब साँच्चै सुध्रिन्छु,पुन:गल्ति गरे,यो पेपर लिएर अदालत जानु|"
पेपर पढें - "छोडपत्र" झस्किन पुगें|
उसको वाचा दुई बर्षपनि टिकेन|अब म उ देखि भन्दापनि आफुदेखी थाकेको अनुभब 
गर्न थालें|धेरै चोटि आत्मा हत्या गर्ने प्रयास गरें तर छोरीको अनुहार ले बचायो|
ताला लगाएको बाकसभित्र उसले दिएको सहमति खोजें|जवाफ पाएँ -
"त्यो छोडपत्रको  कागज त त्यसै दिन च्यातिदिएँ,भित्र नहेरी खाली खाम राख्नु तिम्रो 
गल्ति हो|"
मेरो बिश्वासको धारले गहिरो चोट बनायो|
"अब म अदालत जान्छु|" म चिच्यायं|
"तिमी यहीं बस,केहिदिनको लागि म ससुराली जान्छु|अदालत जाने जरुरि छैन|"
जवाफ फर्कायो|
बिना हतियार मलाई छिया छिया पारी उ जुरुक्क उठेर हिंड्यो|