Saturday, June 22, 2013

गोरखा, मनास्लु र सौन्दर्य


शोभा अधिकारी
 अचानक उत्तरी भू–भागमा रहेको मनास्लु हिमालको संम्झनाले गोरखाको विकास र जनताको जीवन संग जोडेर यो गोरखा, मनास्लु र सौन्दर्य शिर्षक जुर्न पुग्यो । गोर्खालीको चिनारी वीरहरुको गौरवमय इतिहास हो । संसारले यही बुभ्mदछ । तर मनास्लुको सौन्दर्यता उचित प्रचार–प्रसारको अभावमा संसारलाई थाहा नहुन सक्छ । तसर्थ वीरताको चिनारी त्यसमाथि पनि ऐतिहासिक र प्राकृतिक सम्पदाले ओझपूर्ण छ, गोरखा । आधुनिक नेपालको एकिकरणको प्रारम्भ यो पहिचान पनि बोकेको छ गोरखाले । विशेष गरि द्रव्य शाह, राम शाह, पृथ्वीनारायण शाह, कालु पाण्डे, भिमसेन थापा, लखन थापा, भिक्टोरिया  क्रस विजेताहरु गजे घले, थमन गुरुङ्ग भानुभक्त गुरुङ्ग र लक्ष्मण गुरुङ्ग यस जिल्लाका धरोहर हुन् । यसकारण आर्थिक विकासको गतिलो संम्भाव्यता गोरखाले वोकेको छ । 
हिमाली सौन्दर्यको अनुपम प्यासलाई मेटाउने हो भने गोरखाको उत्तरी भागमा रहेको मनास्लु हिमाल संसारलाई भुलाउने गरी एउटा प्रतिक बनेर हासिरहेको छ । मानव जीवनलाई मनास्लु हिमाली क्षेत्रको वातावरणले सहजै मोहनी लगाउँदछ । सेतै दाँत देखाएर हासिरहेको छ यो गगनचुम्वी मनास्लु । प्रकृतिको अनुपम उपहार हिमाली भू–भाग मनै लोभ्याउने मनास्लु र मनास्लुको फेदैमा रहेको हिमताल एउटा छुट्टै आनन्दको अनुभुति मनास्लु हिमाली संसार ।
मनास्लु संरक्षण आयोजना अन्र्तगतका छुटाउनै नहुने ठाउँहरु पनि कम सौन्दर्यका छैनन् । विरेन्द्र हिमताल, कालताल, तिंगारा ताल, हिमालचुली, हिंउनदी, चुलिहिमाल, यि प्रकृतिका अनुपम भण्डारले मानव जीवनलाई तुरुन्तै लोभ्याउँछ । यत्तिमात्र कहाँ हो र डाँफे, हरिण, घोरल, याक, चौंरीको दृश्य संगै मनास्लुको मुस्कान हेर्दा सिंगो गोरखाको सौन्दर्य झल्कन्छ । सिर्दीवास, चुंचेत, छैकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँ यी सातवटा गाउँ विकास समितिलाई समेट्दै सन् १९९८ बाट मनास्लु संरक्षण क्षेत्र आयोजना लागु गरि सकेपछि पर्यटकको ध्यान मनास्लुको सौन्दर्यमा परेको हो । 
८,१६३ मिटर विश्वको सातौं अग्लो हिमशिखरको पहिचान बोकेको छ मनास्लुले । तर यहाँका थुपै्र बासिन्दा वाल–वालिका, महिला, बृद्ध, युवा गरिवी र अशिक्षाको जीन्दगी गुजारीरहेका छन् । गरिबी, अशिक्षा, अभाव दुःख र पिडाको बीच पनि यहाँका बासिन्दा मनास्लु हिमाल जत्तिकै कञ्चन छन् । मन सफा छ, हृदय ठूलो छ । शिक्षा, स्वास्थय, गरिबीको चपेटामा यहाँको जनजीवन गुज्रिएको कसले हेर्ने ? यो प्रश्न आज हामीमा ठोक्किएको छ । मनास्लु संरक्षण आयोजनाले समेटेका सातवटा उत्तरी भेगका गाविसमा दक्ष स्वास्थ्यकर्मि सहित औषधी उपचारको सम्पूर्ण सेवा सबै गाविसमा पु¥याउन,े शिक्षाको उज्यालो ज्योती घरघरमा बाल्ने, आवश्यक नुनतेल किनेर आवत जावत गर्न मोटरबाटोको उचित व्यवस्था गर्ने यो व्यवहारिक योजना र दृढ विचारशक्तिको लागी कुशल व्यवस्थापक र असल नेतृत्वको खाँचो छ गोरखालाई । यसको लागि विकासको संकल्प र महान अभियानको आवश्यक छ । यो विकासको जग खन्नै पर्दछ । अर्को विकल्प छैन । 
मनास्लु क्षेत्र संरक्षण आयोजना अन्र्तगत समेटिएको सात गाविस मध्ये प्रोक गाउँ विकास समिति हवाई यातायात विस्तारको लागि विमानस्थल बनाउने चर्चा चलेको यस्तो आवाज उठेको तीन दशक पुरा भैसक्यो । तर सम्वन्धित निकायले यतापट्टि आँखा पु¥याउन सकेन । संसारले पर्यटनको माध्यमबाट फड्को मारेको शिक्षा हामीले लिन सकेनौं । माल्दिभ्सका टापूहरु आज पर्यटकीय केन्द्र भएको छ र माल्दिभ्स आज ठूलो पर्यटकीय स्थान भएको छ । यसै गरि दक्षिण–पूर्वि एशियामा अवस्थित मलेशिया पर्यटक आगमनको हिसाबले केन्द्रविन्दु भएको छ । त्यसैगरि इजिप्टको प्राचीन सभ्यताले पर्यटकको आकर्षण बनिरहेछ इजिप्ट । तर मनास्लु क्षेत्रमा जे जति विकासको प्रतिफल पु¥याउनु पर्ने हो त्यो भएको देखिन्न । सरकारले ति कुनाका गाउँहरुलाई हेर्नुपर्यो । 
विकासको विकल्पलाई साम्यवाद, पूँजिवाद, समाजवाद वा भनौं कुनै वादलले पोत्नु जरुरी छैन । गोरखाको सन्दर्भमा तपाई हामी जुनसुकै वादमा विश्वास गरेता पनि विकासको सन्दर्भमा एउटै मुद्धा बनाऔं । गोरखामा सामाजिक न्याय सहितको आर्थिक क्रान्तिको खाँचो छ । कुनै दल विशेषः होइन सवै मिलेर गोरखामा विकास अभियानको संकल्प सार्वजनिक गरौं । गोरखालाई यो देशकै विकसित र समृद्ध गोरखा बनाऔं । गोरखालाई कसरी विकसित तुल्याउने ? यहाँका जनतालाई आर्थिक समृद्धिको उचाइमा कसरी पु¥याउने ?यि प्रश्नहरुको एउटा ठोस उत्तर खोजौं । गोरखामा बलियो उपस्थिति जनाएका राजनीतक दलहरु नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमाले लगायत सम्पूर्ण दलहरुले मिलेर गोरखा विकासको एउटा साझा एजेण्डा निर्माण गरौं । र त्यो साझा एजेण्डालाई सरकारी निकाय समक्ष प्रस्तुत गरौं, दवाव सिर्जना गरौं । गोरखाको मुहार चम्किलो बनाउने साझा एजेण्डाले नै गोरखा समृद्ध बन्न सक्छ । यस तर्पm ध्यान पु¥याउनु आवश्यक छ । 
प्राकृतिक र ऐतिहासिक वरदान गोरखामा प्रशस्त छ । राष्ट्रिय श्रम प्रतिष्ठान नेपाल, अनामनगर र अक्सफाम नेपाल, ललितपुर २०६१ (सन् २००४) अन्र्तगत गाविस स्तरीय जनगणना सार्वजनिक गरे अनुसार ९६६ घरधुरी भएको बार्पाक गाविस पनि गोरखामा त्यत्तिकै सुन्दर र मनोरम छ । यस बार्पाक गाविसलाई पर्यटकको केन्द्र बनाउनु पनि उत्तिकै जरुरी छ । यहाँ साँस्कृतिक पहिचान घाटुनाच, मारुनी, चुट्का, वालुन, सोरठी, ख्याली, ठाडोभाका लगायतका गीत तथा नाच अनि यहाँको आफ्नै मौलिकता, जीवनशैली एउटा सन्देश फरक बन्न सक्छ । नयाँ ज्ञान प्राप्त हुन्छ । केही सिकिन्छ, जानिन्छ । 
गोरखाको सौन्दर्य ऐतिहासिक सम्पदाले पनि उत्तिकै झल्काउँछ । ऐतिहासिक थलोको रुपमा रहेको आपपिपल गाविस वडा नं. ४ मा अवस्थित लिगलिग कोट पुरानो राज्य परम्परा स्थलबाट परिचित छ । दौडमा घलेहरुलाई छल गरेर, झुक्काएर द्रव्य शाह लिगलिगकोटको राजा भएपछि गोरखा राज्यको जग निर्माण भएको थलो हो–लिगलिगकोट । दुई कोसको लिगलिगे दौडमा भाग लिएर प्रतिद्धन्द्धीलाई दौडेर उछिन्दा लिगलिगकोटको राजा हुन पाइन्थ्यो । वि.सं. १६१६ मा द्रव्य शाह राजा भएपछि लिगलिगे दौडलाई विश्राम गरियो । संम्भवत दौडेर राजा बन्ने तत्कालिन परम्परा संसारमा नै नौलो परम्परा हो । यहाँका वासिन्दाको जीवनस्तर उकास्न पर्यटकीय गन्तव्य यस ठाउँलाई बनाउनै पर्दछ । यसको विकल्प छैन । 
धार्मिक सम्पदाको दृष्टिले पनि गोरखा सौन्दर्ययुक्त छ । सत्रौं शताब्दीमा निर्माण गरिएको शक्ति र समृद्धिको अपार देवीको मन्दिर ‘‘मनकामना’’ गोरखाकै मनकामना गाविसमा अवस्थित छ । त्यति मात्र होइन गोरखकाली, गोरखनाथ, ऐतिहासिक गोरखा दरवार, लखन थापा गुफा, बक्रेश्वर महादेवको मन्दिर यी महत्वपूर्णको थलोको उचित प्रचार प्रसारले गोरखाको वास्तविक सौन्दर्य झल्कन्छ । र हामी समृद्ध र विकसित बन्ने बाटो निर्माण गर्न सकिन्छ । 
हामी संविधान निर्माणको महान अभियानमा छौं । यो महान अभियानको एउटा लक्ष्य भनेको आर्थिक विकासको एजेण्डा पनि हो । तसर्थ प्राकृतिक र ऐतिहासिक सम्पदा देशको अमूल्य पुँजि हुन् । यसको उपयोगबाट देशको सौन्दर्य उजागर हुन्छ । यसको लागि लगानी पनि उत्तिकै चाहिन्छ । लगानी गरि सकेपछि त्यसको प्रतिफल आउने हो । तसर्थ गोरखालाई समृद्ध र विकसित हो भने मनास्लु भेगमा विमानस्थलको सेवा पु¥याउन ढिलो गर्नु हुन्न । विकासको लक्ष्य र कार्यक्रमले मात्र जनता खुशी हुँदैनन् । यो परिणाममा चाहिन्छ । यदि विकासको सही अभ्यास गर्ने हो भने देश कै सौन्दर्य बोकेको मनास्लुको सौन्दर्यलाई उजागर गरौं । अनि बल्ल गोरखालीको गाथा झल्कन्छ । वास्तवमा गोरखाली वीरताको इतिहास गौरबको गाथा हो । र गोरखा हाम्रो गौरबशाली ठाउँ हो । यसको गौरबमा आफ्नो सौन्दर्यता म पाउँछु । सबैले यसै भनौं र व्यवहारमा खरो उत्रौं । गोरखालाई समृद्ध बनाऔं । तसर्थ पनि यो परिकल्पनालाई फुलाउने, फलाउने मेरो लक्ष्य र अठोट मनास्लु हिमालको सौन्दर्यता जस्तै उच्च छ । यर्थाथमा गोरखामा रहेको मनास्लुको सौन्दर्य आपैmमा संसारलाई विर्साउने छ । 

No comments:

Post a Comment