Saturday, June 22, 2013

जनताको स्मृतिभित्र वीपी कोइराला

–शोभा अधिकारी


नेपाली जनताको स्मृतिभित्र वीपी कोइराला असल राजनेताको रुपमा अटाएका छन् । १९७१ भदौ २४ मा जन्मिएर मृत्यु पर्यन्त २०३९ साल साउन ६ गते सम्म लोकतन्त्रको लागि संघर्षशिल वीपी कोइराला बात हाम्रा नेताहरुले धेरै प्रेरणा लिन सक्छन् । नेता न सवै जना बन्न सकिएला । तर राजनेता बन्न त्याग, तपस्या, निष्ठा, प्रतिवद्धता, विचार र योजना चाहिन्छ । वास्तवमा वीपी कोइराला विचार र योजनाको बहुमुखी व्यक्तित्व नै हुनुहुन्थ्यो । नेपालको सन्दर्भमा वीपीको योजना हाम्रो गाउँको विकास संग जोडिएको थियो । वीपी कोइरालाले भन्नु भएको थियो ‘‘ हाम्रो मुलुक गरिब छ । हाम्रो मुलुक किसानहरुको मुलुक हो । जसले किसानहरुको हलो जोत्नेहरुको भलाइ गर्छ । जसले गाउँलाई चिनेको छ, गाउँमा बस्ने मानिसहरुको अवस्थालाई चिनेको छ, गाउँको भलाईको जुन नीति छ, जुन कार्यक्रम छ त्यही समाजवादी नीति र कार्यक्रम हो ।’’ विश्वेश्वर प्रसाद कोइरालाको विकासको यो योजना हो, यो विधि अहिले पनि हाम्रो देशको परिवेशमा अत्यन्त महत्वपूर्ण छ । विकासको सन्दर्भमा वीपी कोइरालाको समाजवादी कार्यक्रम र योजना व्यवहारमा लागु गर्ने हो भने विकासको नयाँ चरणमा हामी प्रवेश गर्नेछौं । र वीपी कै सोचमा वास्तविक नेपाल निर्माण हुने छ ।

गोरखा, मनास्लु र सौन्दर्य


शोभा अधिकारी
 अचानक उत्तरी भू–भागमा रहेको मनास्लु हिमालको संम्झनाले गोरखाको विकास र जनताको जीवन संग जोडेर यो गोरखा, मनास्लु र सौन्दर्य शिर्षक जुर्न पुग्यो । गोर्खालीको चिनारी वीरहरुको गौरवमय इतिहास हो । संसारले यही बुभ्mदछ । तर मनास्लुको सौन्दर्यता उचित प्रचार–प्रसारको अभावमा संसारलाई थाहा नहुन सक्छ । तसर्थ वीरताको चिनारी त्यसमाथि पनि ऐतिहासिक र प्राकृतिक सम्पदाले ओझपूर्ण छ, गोरखा । आधुनिक नेपालको एकिकरणको प्रारम्भ यो पहिचान पनि बोकेको छ गोरखाले । विशेष गरि द्रव्य शाह, राम शाह, पृथ्वीनारायण शाह, कालु पाण्डे, भिमसेन थापा, लखन थापा, भिक्टोरिया  क्रस विजेताहरु गजे घले, थमन गुरुङ्ग भानुभक्त गुरुङ्ग र लक्ष्मण गुरुङ्ग यस जिल्लाका धरोहर हुन् । यसकारण आर्थिक विकासको गतिलो संम्भाव्यता गोरखाले वोकेको छ । 
हिमाली सौन्दर्यको अनुपम प्यासलाई मेटाउने हो भने गोरखाको उत्तरी भागमा रहेको मनास्लु हिमाल संसारलाई भुलाउने गरी एउटा प्रतिक बनेर हासिरहेको छ । मानव जीवनलाई मनास्लु हिमाली क्षेत्रको वातावरणले सहजै मोहनी लगाउँदछ । सेतै दाँत देखाएर हासिरहेको छ यो गगनचुम्वी मनास्लु । प्रकृतिको अनुपम उपहार हिमाली भू–भाग मनै लोभ्याउने मनास्लु र मनास्लुको फेदैमा रहेको हिमताल एउटा छुट्टै आनन्दको अनुभुति मनास्लु हिमाली संसार ।