Sunday, October 13, 2013

Shobha Adhikari: लघुकथा

                                     लघुकथा 
"छोडपत्र"
         
     "तिमी भेट्न न आए,आत्मा हत्या गर्छु|"मोबाइल बाट चर्को स्वर कानमा गुन्जियो|
तिन बर्ष देखि उसले गरेको एकतर्फी प्रेम संझिन पुगें|जन्डिसले थलिएको शरीर धकाल्दै 
अमनको कोठाको ढोकामा उभिन पुगें|बियर र चुरोटको धुँवामा मेरो सपना उडेको देख्दा
झस्किन पुगें|
"मलाई सुधार सानी" खुट्टा समातेर भनेको वाक्यले मेरो मन पग्लियो|
विवाह बन्धनमा बाँधिएपछि अमन सुध्रियो|तर बर्ष दिन नपुग्दै उस्लेपो मलाई नै 
सुधारीदियो|म नै बियरको  ग्लासमा रमाउन थालें|संसार जिते जस्तो लाग्न थाल्यो|
छोरी जन्मिएपछि मेरो सोमरसको नशा छुट्यो|अमनको डोज बढ्न थाल्यो| 
दुधे बालक कोठामा थुनेर मध्य रातमा उसलाई खोजेर ल्याउन थालें|
केहिदिनपछि त उसले पिउने ठाउँनै भेट्न छोडे|खोज्नै परेन|उ संपर्क बिहिन भयो|
अरुले चलाएको हल्लामा आफ्नो छोरीको बाउ खोजें|भेट्टाउन सकिन|एकदिन अकस्मात 
लिखित पेपरसहित उ डेरामा झुल्कियो|
"अब साँच्चै सुध्रिन्छु,पुन:गल्ति गरे,यो पेपर लिएर अदालत जानु|"
पेपर पढें - "छोडपत्र" झस्किन पुगें|
उसको वाचा दुई बर्षपनि टिकेन|अब म उ देखि भन्दापनि आफुदेखी थाकेको अनुभब 
गर्न थालें|धेरै चोटि आत्मा हत्या गर्ने प्रयास गरें तर छोरीको अनुहार ले बचायो|
ताला लगाएको बाकसभित्र उसले दिएको सहमति खोजें|जवाफ पाएँ -
"त्यो छोडपत्रको  कागज त त्यसै दिन च्यातिदिएँ,भित्र नहेरी खाली खाम राख्नु तिम्रो 
गल्ति हो|"
मेरो बिश्वासको धारले गहिरो चोट बनायो|
"अब म अदालत जान्छु|" म चिच्यायं|
"तिमी यहीं बस,केहिदिनको लागि म ससुराली जान्छु|अदालत जाने जरुरि छैन|"
जवाफ फर्कायो|
बिना हतियार मलाई छिया छिया पारी उ जुरुक्क उठेर हिंड्यो| 
   
         


Saturday, July 6, 2013

Shobha Adhikari: Contact

Shobha Adhikari: Contact

Shobha Adhikari: Articles

आजको सन्दर्भमा महिला र हिंसा
शोभा अधिकारी 

कुनै पनि परिवारका सदस्यले त्यही परिवारका कुनै पनि सदस्यलाई मानसिक, शारिरिक र भावनात्मक रुपमा गरिने हिंसा र पिडालाई घरेलु हिंसा भनिन्छ । घरेलु हिंसा विशेष गरी महिला तथा वालावालिका र कमजोर व्यक्तिमाथि हुने गर्दछ । कुटपिट, भेदभाव, अवाञ्छित लाच्छना, मानसिक तथा शारीरिक यातना, दुव्र्यवहार, अवहेलना आदि घरेलु हिंसामा पर्दछन् । यस वाहेक खान लाउन नदिनु,घरवाट निकाल्नु, दाइजोको निउँमा गरिने दुव्र्यवाहर, झुटा आरोप लगाउनु, घरभित्र थुनेर राख्नु, गाली गलौज गर्नु, डर,त्रास, धम्की तथा विभिन्न यौनजन्य अनुचित व्यवहार गर्नु गराइनु पनि घरेलु हिंसा हो । हिंसाको विषयमा चर्चा गर्दा घरेलु हिंसा वाहेक जस्तै–राजनैतिक हिंसा, सामाजिक हिंसा कार्यक्षमा हुने हिंसा र धर्मसंस्कृतिको नाउँमा हुने हिंसाको वारेमा पनि राष्ट्रिय वहस चल्न थालेको छ । 
मानवताको मुल्य र मान्यतालाई कुल्चेर भौतिक सुविधा सँग तुलना गर्दै हिंसा गर्नु जघन्य अपराध हो । मानव अधिकारको गंम्भिर उल्लंघन हो । आधा आकाश ढाकेका महिला भने पनि अधिकारवाट वञ्चित हुनुपरेको कारण हिंसा वढेर गएको छ । नेपाल सरकारले सन् २०१० लाई लैङ्गिक हिंसा विरुद्धको वर्षकोे रुपमा घोषणा गरेर हिंसा का घटना न्यूनिकरण गर्न खोज्यो । तर सफलता मिलेन ।
धेरै महिलाहरु विभिन्न हिंसा का नाउँमा नरकिय जीवन विताउन वाध्य छन् । कतिपयले त तिरस्कार, वहिष्कार, घरविहिन र परिवारविहिन हुने डरले गुपचुप हिंसा सहिरहेका चन् । समाजमा मुख खोल्न डराएका छन् । जति हिंसाका घटनाहरु वाहिर निस्केका छन् ति दर्दनाक छन् । हिंसाको नाउँमा अकल्पिनिय घटनाहरु समाजमा घटिरहेका छन् । ति घटनाहरुलाई टुलुटुलु हेर्न हामी वाध्य छौँ । कारण दण्डहिनताको अन्त्य नभएकाले । 
हाम्रो समाज आज संक्रमणको पद्धतिसँगै अगाडी वढेको छ । हामी न्याय र कानुनको फितलो अभ्यासमा छौँ । कानुन छ, कार्यान्वयन छैन । न्याय दिने निकाय छ , न्याय पाउने व्यक्ति छैन । विवेकहिन व्यक्तिको जमातमा हामी फसिसकेका छौँ । यहाँ अपराध हुन्छ, अपराधी भेटिँदैन । हिंसा गरिन्छ, हिँसा गर्ने हिंस्रक हुँदैन । जस्तो सुकै अपराध गरे पनि कानुनी दायरामा ल्याउन सकिएको छैन । जटिल घटनामा पनि राजनैतिक संरक्षणको नाउँमा अपराधीलाई मुक्ति दिलाइन्छ । अपराध र हिंसालाई राजनीतिकरण गरिन्छ जसले गर्दा हिंसाका घटनाहरु वढिरहेका छन् । लोकतन्त्र, गणतन्त्र, आर्थिक र सामाजिक रुपान्तरण, समावेशीकरण, शान्ति र दिगो विकास, न्यायिक र सम्मुनत समाज सन्दर्भमा व्यापक वहष चल्छ । यस्तो वहसले समाजमा लैंगिक हिंसा न्यूनिकरण हुनु पर्ने हो । तर व्यवहारमा त्यस्तो देखिँदैन । हिंसाको कारणवाट पिडित वनेकाहरु पिल्सिएका छन् । पिडकहरु उक्सिरहेका छन् । त्यति मात्र नभई पद, प्रतिष्ठा र आर्थिक लाभ प्राप्त गरेका व्यक्तिहरु नै महिला हिंसा मा संलग्न भएको पाईन्छ । 
नेपाली समाजमा आज पनि दाइजो प्रथाको विकराल समस्या छ । दाइजोको नाममा धेरै महिला ज्युदै जलेर मर्नु परेको छ । झुन्डाएर कतिपय लाई हत्या गरिएको छ । केहि अङ्गभङ्ग भएका छन् । कसैलाई तेजाव खन्याइएको कारण कुरुप अनुहार र शरिर लिएर वाच्नु परेको छ । यसैगरी हिंसा पिडित कति महिलाले त मानसिक सन्तुलन गमाउनु पुगेका छन् । निर्दोष महिला चरित्र हत्याको अभियोगमा हिंसा को मार खेपिरहेका छन् । भने कुनै महिला भोकभोकै र आधि पेट खाएर वाच्न वाध्य छन् । दिनप्रतिदिनको घरेलु हिंसावाट महिलाहरु शोषित र पिडित वनेका छन् । अशिक्षित परिवारका गाउँमा ति महिला मात्र होइन शहरका शिक्षित महिला पनि हिंसावाट अछुतो छैनन् । प्राय गरेर गृहणि महिला पिडित देखिन्छन् । यथार्थमा नियाल्दा रोजगारको अवसर पाएका महिला, समाजसेवी महिला, राजनितिज्ञ महिला सवै आ–आफ्नो कार्यक्षेत्रमा धेरै थोरै दमित र पिडित छन् । पितृसतात्मक सत्ता र शक्ति हावी भएको कारणले यस्तो समस्या आएको हो । 
उद्योगपति, व्यापारी, बुद्धिजिवी,वकिल, राजनितिज्ञ र उच्च ओहदामा रहेका व्यक्तिहरुवाट पनि महिला माथी हिंसा भएको छ ।  राष्ट्रको परिवर्तनका कुरागर्ने , प्रगतिशिल विवाह र सर्वहारा वर्गको वकालत गर्ने परिवारमा पनि  डरलाग्दो घटना मञ्चन हुने  गरेको छ | परिवारले दाइजो लिप्सावाट दुष्पे्ररित भई आफ्नै वुहारी माथी गरिने हिंसा र दमन डरलाग्दो छ । यस्ता हिंस्रक आततायी को हिंसाले विकराल विक्षिप्त अवस्थामा महिलालाई पु¥याउँछ ।  धेरै घरपरिवारका वुहारी एकतर्फी सम्झौता र समझदारीको नाममा तड्पी तड्पी बाँचीरहेका छन् ।यस्ता  घटनाहरु थुप्रै घरपरिवारमा घटिरहेका छन्। र आजको २१ सौँ सताव्दीमा नेपाली समजमा घट्ने यस्ता घटनाहरुले महिला अधिकारवादीहरु लाई चुनौती दिइरहेको छ । 
केहि पुरुषहरु  महिलालाई हरतरहले दमन गर्न चाहन्छन  । यति मात्र होइन महिलालाई समाजको मुल प्रवाह वाट अलग्याएर चलाखी पूर्ण तरिकाले घरको र पुरुषको विलाशीताको काममा सिमित गर्न खोज्छन। यो महिलाको लागि दुर्भाग्य हो|सामाजिक हैसियत र प्रभाव बढ्ने कार्यमा अग्रसर हुन खोज्ने महिलाहरुको विरुद्ध विभिन्न वाधा पु¥याइन्छ । हतोत्साहित पारिन्छ । जीवनको मुल दर्शनलाई बुझेर अगाडी बढ्ने सामथ्र्य भएका महिलालाई पुरुषले विद्रोही नारीको संज्ञा दिन्छ । र तिरष्कार गर्दछ । तसर्थ सम्पूर्ण महिलाहरु संगठित भई आफ्नो अधिकारको लागि आवाज उठाउनु पर्दछ । हिम्मत नहारी विकृतिको विरुद्ध लड्नु पर्दछ । साथै महिला हिंसाका  थुप्रै काहाली लाग्दा मुद्धाहरुको सन्दर्भमा कलम चलाउनु पर्दछ । हिंसाको काहाली लाग्दो अवस्था लाई चिर्नको लागि महिला अधिकार र हकहितका विषयलाई व्यापक वहसले मात्र पुग्दैन, काननीु संरक्षणको पनि उत्तिकै आवश्यकता छ । 
महिला हिंसा विरुद्धको लागि देश व्यापी अभियान चलाउनु पर्दछ । यसको लागि सरकारी,गैरसरकारी, स्थानीय निकाय, पत्रकार र बुद्धिजिवीहरुलाई सहभागी गराई समाजमा चेतना फैलाउनु पर्दछ । महिला हिंसा विररुद्ध परिवारका सवै सदस्यहरु सजग हुनु पर्दछ । महिलालाई शिक्षा, स्वास्थ र आर्थिक रुपमा पहुँच बढाउने कार्यक्रमहरु लागु गर्नु आवश्यक छ । महिलालाई राज्यको मुल प्रवाहमा समेट्नै पर्दछ । यसको विकल्प छैन । यसै गरी  दाइजो लिने , दिने र माग्नेलाई कानुनको परिधी भित्र ल्याउनु पर्दछ । दण्डहिनताको अन्त्य गरिनु पर्दछ । जसले गर्दा महिला माथी हुने हिंसाहरुलाई रोक्न सकिन्छ । 

Saturday, June 22, 2013

जनताको स्मृतिभित्र वीपी कोइराला

–शोभा अधिकारी


नेपाली जनताको स्मृतिभित्र वीपी कोइराला असल राजनेताको रुपमा अटाएका छन् । १९७१ भदौ २४ मा जन्मिएर मृत्यु पर्यन्त २०३९ साल साउन ६ गते सम्म लोकतन्त्रको लागि संघर्षशिल वीपी कोइराला बात हाम्रा नेताहरुले धेरै प्रेरणा लिन सक्छन् । नेता न सवै जना बन्न सकिएला । तर राजनेता बन्न त्याग, तपस्या, निष्ठा, प्रतिवद्धता, विचार र योजना चाहिन्छ । वास्तवमा वीपी कोइराला विचार र योजनाको बहुमुखी व्यक्तित्व नै हुनुहुन्थ्यो । नेपालको सन्दर्भमा वीपीको योजना हाम्रो गाउँको विकास संग जोडिएको थियो । वीपी कोइरालाले भन्नु भएको थियो ‘‘ हाम्रो मुलुक गरिब छ । हाम्रो मुलुक किसानहरुको मुलुक हो । जसले किसानहरुको हलो जोत्नेहरुको भलाइ गर्छ । जसले गाउँलाई चिनेको छ, गाउँमा बस्ने मानिसहरुको अवस्थालाई चिनेको छ, गाउँको भलाईको जुन नीति छ, जुन कार्यक्रम छ त्यही समाजवादी नीति र कार्यक्रम हो ।’’ विश्वेश्वर प्रसाद कोइरालाको विकासको यो योजना हो, यो विधि अहिले पनि हाम्रो देशको परिवेशमा अत्यन्त महत्वपूर्ण छ । विकासको सन्दर्भमा वीपी कोइरालाको समाजवादी कार्यक्रम र योजना व्यवहारमा लागु गर्ने हो भने विकासको नयाँ चरणमा हामी प्रवेश गर्नेछौं । र वीपी कै सोचमा वास्तविक नेपाल निर्माण हुने छ ।

गोरखा, मनास्लु र सौन्दर्य


शोभा अधिकारी
 अचानक उत्तरी भू–भागमा रहेको मनास्लु हिमालको संम्झनाले गोरखाको विकास र जनताको जीवन संग जोडेर यो गोरखा, मनास्लु र सौन्दर्य शिर्षक जुर्न पुग्यो । गोर्खालीको चिनारी वीरहरुको गौरवमय इतिहास हो । संसारले यही बुभ्mदछ । तर मनास्लुको सौन्दर्यता उचित प्रचार–प्रसारको अभावमा संसारलाई थाहा नहुन सक्छ । तसर्थ वीरताको चिनारी त्यसमाथि पनि ऐतिहासिक र प्राकृतिक सम्पदाले ओझपूर्ण छ, गोरखा । आधुनिक नेपालको एकिकरणको प्रारम्भ यो पहिचान पनि बोकेको छ गोरखाले । विशेष गरि द्रव्य शाह, राम शाह, पृथ्वीनारायण शाह, कालु पाण्डे, भिमसेन थापा, लखन थापा, भिक्टोरिया  क्रस विजेताहरु गजे घले, थमन गुरुङ्ग भानुभक्त गुरुङ्ग र लक्ष्मण गुरुङ्ग यस जिल्लाका धरोहर हुन् । यसकारण आर्थिक विकासको गतिलो संम्भाव्यता गोरखाले वोकेको छ । 
हिमाली सौन्दर्यको अनुपम प्यासलाई मेटाउने हो भने गोरखाको उत्तरी भागमा रहेको मनास्लु हिमाल संसारलाई भुलाउने गरी एउटा प्रतिक बनेर हासिरहेको छ । मानव जीवनलाई मनास्लु हिमाली क्षेत्रको वातावरणले सहजै मोहनी लगाउँदछ । सेतै दाँत देखाएर हासिरहेको छ यो गगनचुम्वी मनास्लु । प्रकृतिको अनुपम उपहार हिमाली भू–भाग मनै लोभ्याउने मनास्लु र मनास्लुको फेदैमा रहेको हिमताल एउटा छुट्टै आनन्दको अनुभुति मनास्लु हिमाली संसार ।